माओवादीमा बाबुराम
सधैँ दोस्रो दर्जा ?
सुवास मल्ल
एक जना साधु थिए । उनी धर्मकर्ममा यति लिन थिए कि हर समय ईश्वरको भक्ति मात्र गर्दथे । उनले एक हात ईश्वरको नाममा चढाएका थिए र ईश्वर कै नाममा मौन ब्रत बसेका थिए । अर्काे गाउँमा एक दिन चोर पस्यो र थुपै्र धनमाल चोरेर भाग्यो । राज्यका सिपाहीहरुले त्यो चोरलाई लखेट्न थाले । त्यो चोर भाग्दै भाग्दै त्यही साधुको ध्यान गर्ने चौतारामा आइपुग्यो । साधु ध्यानमा लिन थिए । चोरको दिमागमा तुरुन्तै बत्ति बल्यो । उसले तुरुन्तै आफ्नो लुगाहरु खोलेर धनसम्पत्ति पोको पा¥यो र चौतारीको एउटा कुनामा फ्याँकिदियो । आफुँ भने सुकाएर राखेका साधुको गेरुवस्त्र धारण गरेर खरानी घसेर ध्यान मुद्रामा साधुको छेउमा बस्यो । राज्यका सिपाहीहरु त्यही चौतारीमा आइपुगे । उनीहरुले “यता कतै चोरहरु आएको थाहा पाया” भनेर साधे । त्यही चोरले तपस्यामा लिन साधुलाई देखाउँदै उसले चोरी गरेर साधुुको भेष धारण गरेर आफ्नो चौतारीमा बसेको आरोप लगायो । सिपाहीहरुले साधुलाई यो आरोपमा स्पष्टिकरण सोधे । उनी ध्यानमा यती लिन थिए कि केही पनि सुनेनन्, सुनेका भए पनि मौन ब्रत लिएका साधु बोल्ने कुरै थिएन । सिपाहीहरुले त्यो साधुलाई पक्राउ गरेर सुलीमा चढाइदिए । उता त्यो चोर भने सिपाहीहरु गएपछि लुटेको धन लिएर फरार भयो ।
यो आम नेपाली राजनीतिको दुःखद विडम्बना हो । नेपाली राजनीतिमा हरेक चोरलाई चौतारो नै मिल्ने गरेको छ र साधुहरुलाई सुली नै चढाइएको छ । यही उपक्रमको पछिल्लो उदाहरण हामीले माओवादीभित्र बाबुराम भट्टराई काण्डलाई लिन सक्छौँ । जहाँ हरेक पटक बाबुरामको नीतिमा पार्टीले अग्रगामी छलाङ्ग मार्छ, तर जब नेतृत्वको सवाल आउँछ, त्यहाँ बाबुरामलाई सधैँ सौतेलौ व्यवहार गरिन्छ ।
माओवादीले भर्खर जनयुद्ध शुरु गर्दा सबैले माओवादीलाई बाबुरामको पार्टीको रुपमा हेर्ने गर्दथे । माओवादीको खबर छाप्दा पत्रपत्रिकाले समाचारको साथ बाबुरामको फोटो छाप्ने गर्दथे । बाबुरामलाई हेरेर माओवादीको मागहरु र जनयुद्धलाई नैतिक समर्थन गर्ने एकथरी बौद्धिक जमात राजधानीमा नै तयार भएको थियो । तिनीहरु त्यो बेला पनि माओवादीको मागहरुको समर्थनमा कलम र आवाज उठाइरहेका थिए । उनीहरुको समान के धारणा थियो भने माओवादीले उठाएको जनजिविकासँग नजिकका मागहरु पुरा हुनुपर्छ र त्यसको बदला माओवादीले युद्ध रोक्नुपर्छ ।
तर माओवादी जंगल छिरेको केही समयमा नै प्रचण्ड पार्टीको शक्तिशाली अध्यक्ष घोषित भए । लामो समयदेखि भुमिगत कामरेड प्रचण्डलाई एकाएक बाबुरामको लोकप्रियताले यति सतायो कि उनले आफ्नो फोटो सार्वजनिक गर्ने निर्णय पार्टिबाट पास गराए । प्रचण्डको फोटो वा भनाइ नहाली पार्टिका कुनै पनि प्रकाशन गर्नै नपाइने भयो । पार्टिका कार्यक्रमहरुमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटोसँगसँगै प्रचण्डको फोटो पनि बिराजमान हुन थाल्यो । यही उपक्रममा पार्टिको मुलसिद्धन्तका रुपमा मालेमावादसँगै प्रचण्डपथ पनि जोडिन थाल्यो । यसरी माओवादीमा अब प्रचण्डको एक छत्र राज चल्यो । पत्रपत्रिकाले पनि माओवादी अध्यक्ष भनेर उनको फोटो छाप्न थाले ।
देशमा जेठ १९ देखि असोज १८ सम्म थुप्रै उथलपुथलहरु भए । यो उथलपुथलमा माओवादी पनि एक शक्तिको रुपमा अगाडी आइसकेको थियो । देश राजा, सात दल र माओवादीहरुको तिन पक्षिय भिडन्तमा थियो । त्यो बेला प्रचण्डले दरबारसँग वार्ता गरेर दलहरुलाई पाखा लगाउने निर्णय पार्टिमा गराए तर बाबुरामले भने दलहरुसँग मिलेर राजालाई पाखा लगाउनु पर्ने मत राखे । तर बहुमतको निर्णय अनुसार बाबुराम नै वार्तामा बसे । भ्यागुताको धार्नी पुग्न सम्भवै थिएन र वार्ता असफल भयो । माओवादीमा प्रचण्डको नीति फेल भएपछि बाबुरामले आफ्नो मतलाई पुनः छलफलमा ल्याउन प्रयास गरे । तर प्रचण्ड गुटले यसलाई अघिल्ला छलफलहरुमा जस्तै निषेध गरिदियो । बाबुराम र हिसिला लगायत बाबुरामका समर्थकहरुलाई पार्टिभित्रै आन्तरिक हिरासतमा राखियो । तर अन्ततः बाबुरामको लाइन अनुसार माओवादी संविधानसभाको मागमा एक मत भएका दलहरुसँग वार्ता गरेर देशलाई निकास दिन राजी भयो । यही बाटोमा हिड्ँदा माओवादी सफल पनि भयो र आज यहाँसम्म आइपुगेको छ ।
अहिले पार्टिमा फेरि एक पटक बाबुरामको विचार अल्पमतमा पारिएको छ । पहिले आर्थिक क्रान्ति गर्नेुपर्ने र आफुँ सक्षम भएपछि मात्र भारतिय हस्तक्षेपको विरोध गर्न हामीलाई सुहाउने उनको मत संस्थापनको राष्टिय स्वाधिनताको लागि भारतका विरुद्ध युद्ध गर्ने र जनविद्रोहमा जाने भन्ने कार्यदिशाका अगाडी अल्पमतमा परेको छ । त्यसो त बाबुरामको मत संस्थापनको जस्तो क्रान्तिकारी त नलाग्ला, तर माओवादीको यो पछिल्लो निर्णयमा पनि माओवादीले घोषणा गरेको तेस्रो जनआन्दोलनको भन्दा बढि दम छैन ।
बाबुरामलाई राष्टिय सहमतिको प्रधानमन्त्री स्विकार गर्न अधिकांश दलहरु तयार हुँदा एक प्रचण्ड थिए, जो पार्टिमा आफ्नो बाहेक अरु कसैको नेतृत्वमा माओवादी सरकार नबन्ने निर्णय गराउँदै थिए । फेरि एक पटक बाबुरामको नेतृत्वमा बहुमतिय सरकार बन्ने वातावरण बनिरहँदा प्रचण्ड आफ्नो नेतृत्वमा सरकार नबने सबै विकल्प खुला हुने पुरानो अडान यथावत रहेको भन्दैछन्, जसको अर्थ हुन्छ अबको प्रधानमन्त्री या त प्रचण्ड नत्र प्रचण्डको पछि लाग्न तयार झलनाथ वा शेरबहादुर !
राजनीतिमा हेलिएका सबै नेताको सपना प्रधानमन्त्री त हुन्छ नै तर बाबुराम प्रधानमन्त्री हुनु त उनको मात्र होइन अधिकांश नेपाली जनताको समेत सपना हो । उनी नेपाली इतिहास कै असफल सरकारका सर्वाधिक सफल अर्थमन्त्री हुन् । माओवादी नेतृत्वको सरकारका राम्रा कामहरुको सुचि बनाइयो भने त्यसमा अर्थ मन्त्रालयको कामले आधाभन्दा बढि ठाउँ ओगट्ने निश्चित छ । अरु नेताहरु पटक पटक असफल भएको बेला जनताहरु उनलाई एक पटक मौका दिन चाहन्छन् । तर माओवादी भित्रका सिपाहीहरु किन चोरलाई चौतारीमा उन्मुक्ति दिएर साधुलाई सुली चढाउँदैछन् यो अचम्म भएको छ ।
Published @ Himal Pari Ko Aawaj
No comments:
Post a Comment