चीन–अमेरिका विवादका पछिल्ला श्रृंखलाहरु
सुवास मल्ल
अन्ततः चीनको व्यापक विरोधको वावजुद अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बती धर्मगुरु दलाई लामालाई भेट गरे । भेटमा जे जस्ता कुराहरु भए, त्यो भन्दा बढि त्यसले अमेरिका–चीन सम्बन्धमा पारेको असरको चर्चाहरु भइरहेकाछन् । त्यसकारण यो भेटलाई चीन–अमेरिका सम्बन्धमा बिभाजनको अर्को गाढा रेखा कोर्ने घटनाको रुपमा लिनु गल्ति हुने छैन । तर पछिल्ला दिनहरुमा विविध मुद्दाहरुमा महाशक्ति अमेरिका र महाशक्ति उन्मुख चीनको विग्रदो सम्बन्धले विश्व सुरक्षामा भने खतरा महशुश गराएको छ ।
त्यसो त यो आधा शताब्दीमा चीन–अमेरिका सम्बन्ध कहिल्यै पनि सुमधुर रहेन । चीनको साम्यवादी शाषण अमेरिकाको लागि जहिले पनि आ“खाको कसिङ्गर भइरह्यो भने तिब्बत तथा ताइवान मुद्दामा अमेरिकी चासो चीनको लागि सधै“ टाउको दुखाइको विषय बनिरह्यो । तर अब कुरा यत्तिमा मात्र सिमित भने रहेन । अब महाशक्ति राष्ट्रको होडमा प्रष्ट रुपमा यी दुई देशहरु लाग्दा थप विवादहरु सिर्जना हुनु कुनै अनौठो लाग्दैन ।
पछिल्लो पटक सम्बन्धमा चिसोपना बेइजिड्ड ओलम्पिकताकादेखि आएको मानिन्छ । सन् २००८ मार्चमा उक्त बेइजिड्ड ओलम्पिकको पूर्व सन्ध्यामा ल्हासामा भएको हिंसात्मक प्रदर्शनहरुको विषयलाई लिएर त्यस बेला सम्वन्धमा कटुता उत्पन्न भएको थियो । अमेरिकाको समर्थन प्राप्त तिव्वती धर्मगुरु दलाई लामा विगत आधा शताव्दीदेखि भारतमा निर्वासित जीवन बिताइरहेकाछन् । जहा“बाट उनका अनुयायीहरुले स्वतन्त्र तिब्बतको नारा घन्काउनुका साथै चीनविरोधी गतिविधी संचालन गर्दै आएकाछन् । यसै सन्दर्भमा १८ जनाको मृत्यु, अरु सयौ“ घाइते तथा करोडौ“ डलरको नोक्सानी भएको यो हिंसाको संचालन पनि त्यही“बाट भएको भन्ने चिनि“या बुझाईले पनि उसलाई अमेरिकास“ग टाढा गराएको थियो ।
सन् २००९ जुलाईमा पनि चीनको सिंजियाङ प्रान्तमा बहुसंख्यक हान तथा मुसलमान उइगुर समुदायबीच उस्तै प्रकृतिको जातिय हिंसा भयो, जहा“ दुई सय बढिको मृत्यु भयो । यो हिंसामा अमेरिकामा निर्वासित उइगुर नेतृ रेयिबा कादिरको हात रहेको भन्ने संचारमाध्यमहरुको विवरणहरुले पनि सम्बन्धमा फाटो ल्याउने काम ग¥यो । कादिर सिंजियाङकै पूर्व वासिन्दा तथा अमेरिकामा मुख्यालय रहेको विश्व उइगुर कंग्रेसकी प्रमुख हुन् । जुन संगठन लामो समयदेखि दलाई लामा र अमेरिकी प्रशासनस“ग मिलेर चीन विरोधी गतिबिधीमा संलग्न रह“दै आएको छ । त्यसबेला यही संगठनले सिंजियाङको एक कारखानामा भएको झगडालाई अन्तर्राष्ट्रियकरण गर्दै सक्रियता देखाएको केही दिनमा नै त्यहा“ ठूलो हिंसा मच्चिएको थियो ।
यो छ दशकमा ताइवान मुद्दा पनि सधै“ विवादको घेरामा रह“दै आएको विषय हो, जुन पुनः एक पटक सतहमा देखिएको छ । ताइवानलाई लडाकु हेलिकप्टर, पानीजहाज, अत्याधुनिक क्षेप्यास्त्र तथा सुचना उपकरणहरु बिक्रि गर्ने अमेरिकी निर्णयले चीनलाई रुष्ट तुल्याएको छ । अमेरिका ताइवानलाई उक्साएर स्वतन्त्र राष्ट्र घोषणा भएको हेर्न लामो समयदेखि उत्सुक देखिएको छ भने चीनले त्यसो भए चुप लागेर नबस्ने साेंचमा ताइवान तर्फ सया“ै क्षेप्यास्त्रहरु ते¥र्साएर बसेको छ ।
लामो समयसम्म राजनैतिक तथा रणनैतिक मुद्दामा मात्र विवाद भई रहेको यो सम्बन्धमा अब पछिल्ला दिनहरुमा भने व्यापारिक स्वार्थहरु समेत जोडिन थालेकाछन् । चीनले केही वर्ष यता आकर्षक आर्थिक प्रगति गरिरहेको छ भने अमेरिकाले विश्वव्यापी आर्थिक मन्दीको नमीठो झड्का व्यहोरेको छ । चीनस“गको व्यापारमा अमेरिकाले विगत केही समय यता निरन्तर घाटा व्यहोर्दै आएको छ । चीनले जानाजान आफ्नो मुद्रालाई कमजोर बनाएको तथा अमेरिकी सामानहरुको प्रतिलिपी अधिकार हनन हुने गरेर उत्पादन गर्ने गरेको आरोप अमेरिकाले चीनमाथि थोपर्दै आएको छ ।
उता संसारकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि यो आगोमा तेल थप्ने काम गरेकोछ । गुगलले चीन सरकारले लगाउदै आएको सेन्शरशीपका शर्तहरु मान्न अस्विकार गर्दै चीन सरकारको निर्देशनमा आफ्ना वेवसाइटहरुमा आक्रमण भएको भन्ने आरोप लगाए लगतै त्यसको समर्थन र विरोधमा अमेरिकी र चिनि“या विदेश मन्त्रालयका अधिकारीहरुको वक्तव्य दोहोरी नै चलेकोले पनि यो विषयको गाम्भीर्यता प्रष्ट हुन्छ । अमेरिकी पक्षले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हमलाको रुपमा अथ्र्याएको छ भने चिनि“या पक्षले यसलाई सुचना साम्रज्यवादको रुपमा बुझेको छ ।
यसरी महाशक्ति बन्ने होडमा यी दुई देशहरुको टकराव गहि“रीदो छ । यसले निकट भविष्यमा महायुद्धको कालो बादल त विश्व आकाशमा मडारिने होइन भन्ने आशंका उठ्न थालेकाछन् । आशा गरा“ै त्यस्तो दिन बेहोर्नु नपरोस् ।
Published @ Jandisha Daily
No comments:
Post a Comment